काठमाडौंको तीनकुने स्थीत एक घरको गोदाममा आगलागी (भिडियो सहित)

काठमाडौं । काठमाडौंको तीनकुने स्थीत एक घरको गोदाममा आगलागी भएको छ ।
पाँचतल्ले घरको अन्डरग्राण्उडमा रहेको गु्रप अन ट्रेडिङ डिलरको गोदाममा भएको आगलागीका कारण लाखौको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीका कारण दुई जना घाइते भएको प्रहरीले जनाएको छ । आगलागी काठमाडौं महानगर, ललितपुर महानगर लगाएत चार वटा पानीकोे ट्याङ्करको सहायताले सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएका थिए । गोदामबाट केहि पड्कीएको आवाज सुनिएको स्थानीयहरुले जनाएका छन् ।

विद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको पूर्ण विवरण आउँन बाँकी छ ।

२३,जेष्ठ.२०८१,बुधबार १८:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्