प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि रहेको समारोहमा आईबीडीपी र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) बाट कक्षा १२ तहसम्मको अध्ययन पूरा गरेका ९१ विद्यार्थी दीक्षित भएको विद्यालयकी एकेडेमिक निर्देशक प्रबिना थापाले बताइन् ।

जसमा आईबीडीपी कार्यक्रमका ४१ विद्यार्थी छन् भने एनइबीका ५० विद्यार्थी छन् । आईबी कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गर्दै दीक्षान्त प्रमाणपत्र हासिल गर्ने नेपालको यो पहिलो ब्याच हो ।

‘पीवाईपी, एमवाईपी र डीपी पाठ्यक्रमको अध्ययन पूरा गरेका विद्यार्थीहरूले यसबीचमा आफ्नो जीवनलाई आवश्यक शिक्षा हासिल गर्नुभयो भन्ने आशा लिएकी छु’ प्रिमियर स्कुलकी निर्देशक पवित्रा लिम्बूले भनिन्, ‘अन्तर्राष्ट्रिय स्तरमा अब्बल आईबी एजुकेसन सिस्टमलाई स्थानीय सामाजिक परिवेश, हाम्रो कला संस्कृति अनुरूप अध्यापन गराएर ‘ग्लोबल सिटिजन’ जन्माउन प्रिमियर सफल भएको छ ।’

निर्देशक लिम्बूले दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै कडा परिश्रम र समर्पण मार्फत आफ्नो क्षमता र उत्कृष्टता प्रदर्शन गर्न कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गरेका विद्यार्थी सफल भएको बताइन् । आईबी शिक्षाले विद्यार्थीको जीवनमासकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

निर्देशक लिम्बूले विद्यार्थीको क्षमता अभिवृद्धि, गुणस्तर शिक्षामा दृढ रही प्रिमियर स्कुलले काम गर्दै आएको पनि जानकारी दिइन् ।

प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलबाट विद्यार्थीले १५ वर्षमा हासिल गरेको ज्ञान र शिक्षाले उनीहरूको सुनौलो भविष्य निर्माणमा ठोस योगदान दिने निर्देशक लिम्बूले बताइन् ।

यसै गरी प्रिमियर इन्टरनेशनल स्कुलका प्रवन्ध निर्देशक वसन्त थापाले उच्च शिक्षाको लागि विद्यार्थी विदेश गए पनि स्वदेशमा फर्किएर काम गर्नुपर्ने बताए ।

‘उच्च शिक्षाको क्रममा अहिलेको एक्काइसौं शताब्दीको शिक्षा र सीप सिकेर मुलुकमा त्यसको उपयोग गर्न सम्पुर्ण विद्यार्थीलाई मेरो आग्रह छ, ‘उनले भने, ‘विद्यार्थीको उज्वल भविष्यको शुभकामना दिँदै प्रिमियरबाट दीक्षित हुने विद्यार्थीहरूले उच्च शिक्षा पश्चात देशको कायापलट हुने गरी आफुले जानेको ज्ञान र सिप बाँड्न सुझाव दिन चाहान्छु ।’

यस्तै, दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उपप्रधान तथा परराष्ट्र मन्त्री माननीय नारायणकाजी श्रेष्ठले भने, ‘देश साथै समाज विकासमा तपाईंहरुको भूमिका महत्त्वपूर्ण छ, आगामी दिनमा तपाईंहरु अझ सक्रिय भएर अगाडि बढे सफलता अभ्यस प्राप्त हुन्छ ।’

सन् २००८ मा ललितपुरको खुमलटारमा स्थापना भएको प्रिमियर स्कुलले स्विटजरल्यान्डबाट विस्तारित अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली आईबी एजुकेसन सञ्चालनको मान्यता पाएको डेढ दशक पुगेको छ ।

आईबी एजुकेसनबाट कक्षा १० उत्तीर्ण आफ्नै ब्याचलाई आईबीडीपी कार्यक्रममा भित्र्याएर नेपालकै एक मात्र आईबी कन्टिनम स्कुल बन्न प्रिमियर सफल भएको थियो ।

आईबी शिक्षण प्रणाली अन्तर्गत आईबीका तीन वटै कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई मात्र आईबी वर्ल्ड एजुकेसनबाट आईबी कन्टिनमको उपाधि दिएर प्रमोसन गरिन्छ । जुन उपाधि हासिल गर्दै प्रिमियर नेपालको एक मात्र आईबी कन्टिनम स्कुलको पहिचान बनाउन सफल भयो । यो मुलुककै निम्ति गर्वको कुरा हो, किनभने विश्वभरमा आइबीका ७ प्रतिशतमात्र आईबी कन्टिनम विद्यालय छन् ।

२४,जेष्ठ.२०८१,बिहीबार १२:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्