मधेशमा हावाहुरीको सम्भावना, आज कुन प्रदेशको कस्तो मौसम ?

काठमाडौं । देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बागमती र गण्डकी प्रदेशका केही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले आज मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको उल्लेख गरेको छ । त्यसबाहेक कोशी, बागमती र गण्डकीमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने उल्लेख छ भने यी प्रदेशका केही पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना पनि छ ।

२५,जेष्ठ.२०८१,शुक्रबार ०७:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्