एमाले सुनसरीका अध्यक्ष निलम खनालको शव नेपाल ल्याइँदै, २६ गते अन्तिम संस्कार गरिने

विराटनगर । उपचारका लागि भारत जानेक्रममा मृत्यु भएका एमाले सुनसरीका अध्यक्ष निलम खनालको २६ गते दाहसंस्कार हुने भएको छ । एमाले सुनसरी सचिव राम कोइरालाले खनालको पार्थिव शरीर जेठ २५ गते नेपाल ल्याउने र २६ गते दाहसंस्कार गर्ने तयारी भएको बताए ।

कोइरालाका अनुसार ज्येष्ठ २५ गते बेलुका करिब ७ बजे पार्थिव शरीर सुनसरीको भन्टावारि सीमाबाट नेपाल ल्याउने तयारी भएको छ । जेठ १० गते उनी सुनसरी जिल्लाको अध्यक्षमा निर्वाचित भएका थिए ।

लामो समयदेखि प्याक्रियाज सम्बन्धी समस्या भएका खनाललाई थप समस्या भएपछि उपचारका लागि भारतको बैंगलोर लगिएको थियो । उपचारका क्रममा लैजाने क्रममा बाटैमा निधन भएका खनालको शव नेपाल ल्याउने प्रक्रिया पुरा भएको कोइरालाले बताए ।

नेपाल शव ल्याएपछि २६ गते बिहान ११ देखि १ बजेसम्म जिल्ला पार्टी कार्यालय,इनरुवाको प्रांगणमा श्रद्धाञ्जली सभाको आयोजना गरिने भएको छ ।

२५,जेष्ठ.२०८१,शुक्रबार १६:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्