केयूकेएलमा कर्मचारी अराजक भएको ठहर, समाचारले पिडित पक्ष मौन

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रबक्क्ता प्रकाशकुमार राईले नेपाली जनता डटकम अनलाईन पत्रिमा यहि २५ गते प्रकाशित समाचारको २५ गते अबेर कम्पनीको लेटर प्याड दुरुपयोग गर्दै अर्मुत खण्डन गरेका छन ।

उनले यहि १८ गते प्रकाशित नेपाली जनता डटकममा पठाएको खण्डन, नेपाली जनता डटकमले प्रकाशित गरेको खण्डनमा समेत असहमति जाहेर गरेका छन ।

खण्डन

नेपाली जनता डटकममा प्रकाशित समाचारको विषयमा यहि १८ गतेको खण्डनप्रति हामी सहमत छैनौं ।
यहि २५ गते केयूकेएलको नेपाली जनता डटकममा प्रकाशित समाचारको घोर आपत्ति व्यक्त गर्दछौ । कर्मचारीहरुलाई आफ्नो काम प्रति दत्तचित्त हुनबाट बन्चित गराउने र कर्मचारीहरुको ध्यान अनेत्र मोडी अराजक गतिविधि गराउन दुरुत्साहन गर्न उद्दत गरेको हुदाँ प्रकाशित श्रृखलाबद्ध अतिरंजित असत्य समाचारको खण्डन गर्दछौं ।
प्रकाशकुमार राई
प्रबक्ता

उनले पठाएको खण्डनको पिडिएफ समेत नेपाली जनताले जस्ताको तस्तै प्रकाशित गर्दा पनि सहमत नभएको देख्दा आश्चार्य लागेको छ । आफैले लेखेको खण्डनमा आफै असहमत हुने अवस्था आउनुलाई स्वभाविक मनस्थीतिको रुपमा लिन सकिर्दैन । पत्रकारीताको आचारसहिता केयुकेएलका मठाधिशहरुले पठाउनु आवश्यक छैन । नेपाली जनतामा प्रकाशित समाचार सत्य, तथ्य भएकोमा शंका छैन । समाचार स्रोतले हामिलाई पठाएको अडियोमा प्रष्टसँग बादविवाद र बोली बुझ्न सकिने छन । समाचार स्रोत भरपर्दो भएको पनि सम्बन्धीतहरुलाई अवगत गराउदछौं । कम्पनीलाई कंगाल बनाउर्दै व्यक्तिगत लाभ लिने अधिकारीहरुको समाचारका आरोपीत मौन रहनु कम्पनीको लेटर प्याड दुरुपयोग गरेर भ्रष्टाचारलाई संस्थागत गराउने कार्य विरुद्ध अख्तियारमा उजुरी पनि परिसकेको कुरा समेत अवगत गराउँछौं ।

 




२६,जेष्ठ.२०८१,शनिबार १०:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्