आर्थिक विकासमा रुपान्तरणकारी क्षेत्र घोषणा गरी विषेश योजना बनाएको अर्थ मन्त्रीको दावी (भिडियो सहित)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकलाई आर्थिक रुपमा तीव्रतर रुपमा अघि बढाउन प्रमुख पाँच रुपान्तरणकारी क्षेत्र घोषणा गरी विशेष योजना अघि सारिएको बताएका छन ।

नेकपा (माओवादी केन्द्र) निकट रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पुनले मुलुकको आर्थिक बिकासका लागि बजेटमा कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशीलता प्रवद्र्धनलाई प्रमुख पाँच रूपान्तरणकारी क्षेत्र घोषणा गरी विशेष योजना अघि सारिएको बताएका हुन । विद्युत् उत्पादन गरी आन्तरिक खपत बढाउने तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने योजना राखिएको उनले बताए । मन्त्री पुनले आगामी दशकलाई सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिँदै १० वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र १५ लाख रोजगारी सिर्जना गरिने धारणा राख्नुभयो । उहाले बजेटमार्फत जनतामा आशा जगाउँदै विश्वभरबाट
राष्ट्र निर्माण योगदान दिन सक्ने सोच बिकास गर्न खोजिएको स्पष्ट पारेका छन ।

मुलुकमा गणतान्त्रीक व्यवस्था आएपछि विभिन्न क्षेत्रमा आधारभूत उपलब्धि हासिल भएको जनाउँदै उनले अब ती उपलब्धिको गुणात्मक विकास गरिने दावी गरेका छन ।

२६,जेष्ठ.२०८१,शनिबार १७:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्