राजधानीको पानीमा एशियाली बिकास बैकका एजेन्टहरुको अश्वभाविक चलखेल, सिखण्डीका रुपमा पौडेल प्रयोग ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (कयूकेएल)का व्यवस्थापन र कर्मचारी युनियनहरु डिसिइओ नियुक्तिको चक्रव्युमा रुमलिएका छन ।

केयूकेएलका सिइओ अशोककुमार पौडेलले डिसिइओ नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएर आधिकारीक युनियनलाई डिसिइओलाई कस्तो टिओआर दिन सकिन्छ, भनेर राय मागेर युनियनहरुको क्षमताके जाँच गर्दै छन । युनियनहरु पनि त्यसलाई गतिलै फल जस्तो गरेर बैठक बसेर कोलाहल मच्चाउर्दै छन ।
आधिकारीक युनियनको सौदावाजी समुहको बैठकपछि शुक्रबार आधिकारीक टेड्र युनियनको चुनाव जितेको कर्मचारी संगठनले केन्द्रिय समितिको बैठक राखेर आफ्नो आधिकारीक धारणा बनाउने प्रयास गरिरहेको छ । उसले अन्य केयुकेएलमा क्रियाशिल युनियनहरुको पनि बैठक बोलाएर साझा धारणा बनाउने कोशिस युनियनसँग सम्बन्धीत एक सदस्यले नेपाली जनतालाई बताएका हुन ।

सिइओ पौडेलले गोप्यरुपमा बनाएको डिसिइओ नियुक्ति सम्बन्धी कार्यविधि देख्दा उदेक लाग्दो मात्र छैन, उनले केहि थान एशियाली विकास बैकका नेपालस्थित एजेन्टहरुलाई पनि खुसी बनाउने प्रयास रुपमा बुझ्न सकिन्छ ।

उनले डिसिइओ नियुक्ति गर्न आफुलाई सिइओ बनाउन महत्वपूर्ण योगदान गरेका दुई पात्रलाई खुसी बनाउने प्रयास त हैन भन्ने प्रश्न उठ्ने गरि केहि व्यवस्था पनि गरेका छन । हामिलाई प्राप्त कार्यविधि अनुसार डिसिइओ नियुक्तिका लागि पदपूर्ति समितिमा केयूकेएलका पूर्व महाप्रबन्धक वा सिइओ र केयूकेएल संचालक समितिका पूर्व अध्यक्ष भनेर लेखिएको छ । त्यो को भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।

पूर्व महाप्रबन्धक भन्नासाथ महेशकुमार भट्टराई र पूर्व अध्यक्ष भन्नासाथ पूर्व सहसचिव तिरेशप्रसाद खत्रीलाई जिम्मेवारी दिन खोजिएको छ । यसो भयो भने, केयूकेएलमा अहिले मौजुदा कर्मचारीहरु मध्येमा एक जना आठ तहका इन्जिनियर भन्दा अरुले मौका पाउनु फलामकै चिउरा चपाए जस्तै हुन्छ । सिइओका प्रतिस्पर्धीहरु केयूकेएलका कुनैले पनि डिसिइओ हुने मौका पाउने छैनन । प्रकाशकुमार राईकै विकल्पमा अर्थ विज्ञका रुपमा डिसिइओ ल्याउने प्रयास भएको हो । त्यसैले राई पर्ने सम्भावना नै छैन । उनको काममा भन्दा पनि तिक्डम गर्नमै समय सकिन्छ । राई, उमेशबाबु मरठ्ठा, डाक्टर डिपी चापागाई, रमेश केसी र अर्जुनबाबु ढकाल खत्रीका कालो सूचीका मानिस हुन भन्दा अर्को अर्थ लाग्ने छैन ।

उनीहरुले राखेको उमेरको प्राबधान हेर्ने हो भने कुनै नेपाल सरकारबाट अवकाश प्राप्त एशियाली विकास बैकसँग साइनो भएको मानिसलाई ल्याउने प्रयास बुझ्न कुनै कठिन छैन । एशियाली विकास बैकले पैसा देखाएर काठमाडौंको पानीमा उसको मनोमानी चलाउने प्रयास गरिरहेको छ । काठमाडौं उपत्यकाको पानीमा राजनिति गरेर आफु अनुकुलको सरकार र शासन व्यवस्था कायम गर्न खोजिरहेको देखिन्छ ।

काठमाडौंका जनतालाई अप्रत्यासीत रुपमा पानीमा चर्को महशुल लगाउने भित्रि खेलले नेपालको सरकार मात्र होइन व्यवस्थामाथि नै खतरा पर्न सक्ने विज्ञहरुको तर्क रहेको छ । त्यसैका लागि पौडेल सिखण्डीका रुपमा प्रयोग भइरहेका छन ।

२७,जेष्ठ.२०८१,आईतवार ०८:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्