युरोपेली संसदको लागि आज आइतबार अन्तिम चरणको मतदान हुँदै, कुन देशले संसदमा कति सिट पाउँछ (सूचीसहित)

एजेन्सी । युरोपेली संसदको लागि आज आइतबार अन्तिम चरणको मतदान हुँदैछ । जुन ६ देखि ९ सम्म मतदान तोकिएको थियो । बीबीसीका अनुसार युरोपका २० देशमा आज एकैसाथ मतदान हुँदैछ ।

जर्मनी, बेल्जियमले १६ र १७ वर्षका लागि पनि मताधिकार दिएकोले त्यो उमेरका युवाहरुले पहिलोपटक युरोपमा मतदान गर्दैछन् । बेल्जियमको ब्रसेल्समा भएको ७०५ सिटे युरोपेली संसदको कार्यकाल पाँच वर्षको हुन्छ । देश अनुसारको सिट तय गरिएको हुन्छ ।

युरोपेलीसंसदमा सन २०२४ को लागि भएको चुनावमा सबैभन्दा धेरै सिट जर्मनीको हुन्छ भने सबैभन्दा कम साइप्रस, लक्जमबर्ग र माल्टका छन् । कुन देशकाे कति छ सीट ?

जर्मनीः ९६

फ्रान्सः ८१

इटालीः ७६

स्पेनः ६१

पोल्याण्डः ५३

रोमानिया ३३

नेदरल्याण्डः ३१

बेल्जियमः २२

ग्रिसः २१

चेचियाः २१

स्विडेनः २१

पोर्चुगलः २१

हंगेरीः २१

अस्ट्रियाः २०

बुल्गारियाः १७

डेनमार्कः १५

फिनल्याण्डः १५

स्लोभाकियाः १५

आयरल्याण्डः १४

क्रोएसियाः १२

लिथुआनियाः ११

स्लोभेनियाः ९

ल्यात्भियाः ९

इस्टोनियाः ७

साइप्रसः ६

लग्जमबर्गः ६

माल्टाः ६

२७,जेष्ठ.२०८१,आईतवार ०९:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्