कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड अड्किए पुलमै

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बाेकेर ल्याउँदै गरेकाे १४ वटा खच्चड पुलमै फसेका हुन् ।

बिहानैदेखि पुलको एकातर्फको लठ्ठा चुँडिदा खच्चड तारमा अड्किएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले बताए ।

उनले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए । उनका अनुसार अछाम र दैलेखबीच आउजाउ बन्द भएकाे छ । खच्चडले सामान बाेकेर ल्याउँदै थियाे ।

२७,जेष्ठ.२०८१,आईतवार १३:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्