केयुकेएलको भ्रष्टाचारको छिट्टा मन्त्रालयसम्म, मिटररिडरको ग्राफ १० प्रतिशत भन्दा कम

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का मठाधिशहरुले संचालक समितिका निर्णयहरु भन्दै कार्यन्वयन गरेको मिटिररिडर र सवारी चालक ठेक्काबाट जनशक्ति लिने प्रक्रिया गल्ती भएको ठहर भएको छ ।

अधिकांश शाखाहरुबाट ढाकछोप नगरिकन आएको रिर्पोटलाई आधार मान्दा केयूकेएलको बैशाख महिनाको मिटररिडरको ग्राफ १० प्रतिशतभन्दा माथि नगएपछि नक्कली डाटा तयार पारेर भएपनि ३० देखि ४० प्रतिशतसम्म बनाएर ल्याउन शाखाका प्रमुख, मिटररिडर प्रमुख, लेखा प्रमुख र प्रशासन प्रमुखलाई अर्थ तथा प्रशासन विभाग प्रमुख प्रकाशकुमार राईले मौखिक निर्देशन दिएको बुझिएको छ ।

सिइओ अशोककुमार पौडेलको तीन महिनाको कार्यसम्पादन राम्रो भएको देखाउन नक्कली रिर्पोट तयार गर्दै गरेका विभाग, महाशाखाका प्रमुखहरु भविष्यमा नराम्रोसँग फस्ने भएका छन । उनीहरुले तयार पारेका कतिपय नक्कली कागजातहरुको विषयमा केयूकेएलका केहि अधिकारीकहरुले अख्तियारमा उजुरी दिने तयारी गरेको समाचार स्रोतले दावी गरेको छ ।

खानेपानी मन्त्री राजेन्द्र राई र सचिव सुरेश आर्चायलाई समेत लगत सूचना दिएर भ्रष्टाचार र अनियमितता गर्न माहिर केयूकेएलका मठाधिशहरुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीहरुको धमाधम अनुसन्धान अगाडि बढीरहेको अख्तियार स्रोतको दावी छ ।

प्राविधिक र प्रशासन सम्बन्धी सून्य ज्ञान भएका सिइओ अशोककुमार पौडेलको डिसिइओ ल्याउने योजना र मिटररिडर र सवारी चालक ठेक्कामा जनशक्ति ल्याएको विषयमा केयूकेएल संचालक समितिले व्यवस्थापकका अधिकारीहरुसँग स्पष्टिकरण लिने भएको छ ।

मिटररिडर सम्बन्धी कामको सोधखोज गर्दै शाखा शाखा पुगेका वीरबहादुर चन्द, नवलसिंह साउद, श्रीप्रसाद दाहाल र गोपालसिंह धामीको टोलि बैशाख महिनाको मिटररिडरको रिर्पोट हेरेपछि तीन छक परेको समाचार स्रोतले दावी गरेको छ ।

सधै प्राविधिक कर्मचारीहरुले काम गरेन, शाखा प्रमुखहरुले भ्रष्टाचार गरे भनेर नथाक्ने ज्ञानेन्द्रबहादुर कार्की र प्रकाश कुमार राईको भ्रष्टाचार गर्ने तरिका देखेपछि सरोकारवालाहरु आश्र्चाय चकित भएको समाचार स्रोतको दावी छ ।

मिलन कुमार शाक्यका समयमा अस्तुमा भाग नपुगेको भन्र्दै भाइभर ग्रुपमा आक्रोश पोख्ने कार्की समुहलाई चक्मा दिर्दै केयुकेएललाई संसार कै नमुना कम्पनी बनाउर्दै काठमाडौंका जनतालाई यूरोपकै झल्को दिने गरि छुमन्त्रर गरेर पानी पिलाउ छु भन्ने एशियाली विकास बैकका चाटुकारले पनि पिसीमा तर मारेको सूचना नेपाली जनतामा आएको छ ।

नागरिकलाई सूचना नदिएर संसारकै ठुलो मानिस हुन खोज्ने भ्रष्टाचारीले गर्दा केयूकेएल दैनिकरुपमा आम जनतामाझ बद्नाम भइरहेको छ । भ्रष्टाचारीहरु एकपछि अर्को भ्रष्टाचार गर्ने तरीका खोज्र्दै भ्रष्टाचार गरेका प्रमाण लुकाउने खेलमा लागेका छन । केयूकेएलको सिइओमा अशोककुमार पौडेल नियुक्ति भएको तीन महिना पुग्दा पनि उनीसँग केयुकैएलले गरेको कार्यसम्पादन सम्झौता केयूकेएलको वयेव साइडमा राखेका छैनन । रातारात केयूकेएललाई दीर्घकालिन नोक्सानी हुने खालको कार्यसम्पादन सम्झौता भएको आशंका समेत गरिएको छ । आम नागरिकले थाहा पाउनु पर्ने सार्वजनिक ठेक्काका सूचना समेत केयूकेएलका मठाधिशहरुले लुकाएर करोडौंको भ्रष्टाचार गरि अनियमित काम गरेको आशंका गर्ने आधारहरु देखिएका छन ।

भ्रष्टाचार गरेको सूचना लुकाउनकै लागि समाचारले पीडित पक्ष मौन बस्ने र कम्पनीको लेटरप्याड दुरुपयोग गरेर समाचारको खण्डन गर्ने सस्कृतिको विकास केयूकेएलका सिइओ पौडेलले गरेका छन । उनी नैतिकरुपमा केयुकेएलको सिइओ हुने हैसियत गुमाइ सकेका छन ।

उनलाई हटाउन केयूकेएलको ज्ञानेन्द्रबहादुर कार्की समुह र आधिकारी युनियनहरुले सहमति गरीसकेको बुझिएको छ । प्रकाश कुमार राई, योगेन्द्रबहादुर वम, कान्तिकारी अध्यक्ष गोपालसिंह धामी र लोकतान्त्रीक अध्यक्ष सारदा बोहोरा सिइओसँगको भित्रिसाँठगाँठमा रहेको आरोप इतर समुहले लगाएको छ । सिइओ विरुद्धको अभियानलाई अलमलाउने र तुहाउने अभियानमा उनीहरु लागेको इतर समुहको आरोपमा केहि सत्यता हुन सक्ने आंशका धेरैले गरेका छन । बोहोरा र धामी समुह आउने माघमा आधिकारी टेड्र युनियन चुनाव भएमा जित्नका लागि केहि गुमाने पक्षमा उभिने संकेत देखिएको आधिकारी टेड्र युनियनका एक नेताले आरोप लगाएका छन ।

२९,जेष्ठ.२०८१,मंगलवार २०:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्