नेपाली बजारमा बढ्यो सुन–चाँदी भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।

सोमबार र मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

३०,जेष्ठ.२०८१,बुधबार ११:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्