आजबाट युरो कपः पहिलो खेल जर्मनी र स्कटल्याण्ड भिड्दै

एजेन्सी । मिनि विश्वकप मानिने युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो–२०२४ आजबाट सुरु हुँदैछ र त्यसको पहिलो खेलमा भिड्ने छन्, आयोजक जर्मनी र स्कटल्यान्ड ।

पहिलो पटक नकआउट चरणमा पुग्ने उदेश्यसहित मैदानमा उत्रने स्कटल्याण्डको लागि आफ्नै देशमा हुने युरो कपको उपाधि जित्ने लक्ष्य बोकेको जर्मनीबीचको उद्घाटन खेल रोचक हुने अनुमान गरिएको छ ।

जर्मन टिमका प्रशिक्षक हुन्, जुलियन नागेल्सम । उनी भन्छन्, ‘यो प्रतियोगिता हाम्रो आफ्नै देशमा भइरहेको छ, त्यसैले यो ठूलो अवसर हो । हामी प्रतियोगितालाई लिएर उत्साहित छौं ।’

यता स्कटल्यान्डमा फरवार्ड रायन क्रिस्टी भन्छन्, ‘जर्मनी निकै बलियो टिम हो । जति बेला ठूलो प्रतियोगिता हुन्छ, जर्मन टिम जहिले पनि बलियो रहन्छ । त्यसैले यो पहिलो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।

यस समूह ‘ए’ हंगेरी र स्विजरल्यान्ड पनि छन् । यो पटकको युरोमा आयोजक जर्मन सङ्गै फ्रान्स र इङ्ल्याण्डलाइ उपाधीको दाबेदारको रुपमा हेरिएको छ ।

३२,जेष्ठ.२०८१,शुक्रबार ०९:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्