उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँको ‘निम्स दाइ’ पुरस्कार

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित ज्ञानप्रकाश माविबाट उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीले एक लाख रुपैयाँको ‘निम्स दाइ’ पुरस्कार प्राप्त गरेका छन्।

पर्वतारोहण क्षेत्रमा विश्व कीर्तिमान कायम गरेका आरोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेसन कोषमार्फत कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विपिन राम्जालीलाई एक लाख रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरेका हुन्।

पर्वतारोहण क्षेत्रमा दर्जन कीर्तिमान कायम गरेका पुर्जा दानामा जन्मिएका हुन् । उनले गत वर्ष विद्यालयमा ४० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए।

गत वर्ष एसईईमा विद्यालय प्रथम हुने अश्विन विकले ८० हजार र कक्षा ८ मा प्रथम हुने अप्सन पुर्जाले ५० हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरेका छन्।

३२,जेष्ठ.२०८१,शुक्रबार ०९:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्