सदनमा प्रश्न- प्रधानमन्त्रीको मोदीसँगको भेट पारिवारिक कि राजनीतिक ?

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटमा गंगा दाहाल बसेको विषयलाई लिएर आलोचना गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको भ्रमण पारिवारिक हो ? भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘भ्रमणका फोटोहरू सार्वजनिक भएका छन्, हेर्दा पारिवारिक राजनीतिक या कुन भेटघाट हो भन्ने छुट्याउन सकिनँ। पारिवारिक भन्ने हो भने भारतका प्रधानमन्त्रीको कोही सदस्य देखिन्न। राजनीतिक भन्ने हो भने भ्रमण दलको आधिकारिक सदस्यको ठाउँमा पारिवारिक सदस्यको उपस्थिति छ। वान टू वान भन्ने हो भने तेस्रोको अनावश्यक हस्तक्षेप भएको देखिन्छ। भ्रमण दलमा परराष्ट्र सचिव जानुभएको रहेछ तर, उहाँलाई पिएभन्दा पछाडि राखेको रहेछ। यस्तो क्रियाकलापले प्रधानमन्त्रीको पारिवारिक सदस्यको उचाइ त केही क्षणलाई बढ्ला तर देशको के हुन्छ ?’

मोदीको शपथमा भाग लिन पुगेका प्रधानमन्त्री प्रचण्डसँगको वार्तामा प्रचण्डकी छोरी गंगा पनि सँगै बसेकी थिइन्।

३२,जेष्ठ.२०८१,शुक्रबार १२:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्