डिफेन्डिङ च्याम्पियन इटालीको विजयी सुरुवात

काठमाडौं । युरो कप २०२४ को समूह बी अन्तरगतको खेलमा डिफेन्डिङ च्याम्पियन इटाली विजयी सुरुआत गरेको छ ।

युरो कपमा यो पटक डेब्यु गरेको अल्बानियालाई इटालीले २–१ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन इटलीले विजयी सुरुवात गरेको हो ।

खेल सुरु भएको पहिलो मिनेटमै अल्बानियाले इटालीमाथि पहिलो गोलको अग्रता लिन सफल भएको थियो । अल्बानियाका नेदिम बज्रामीले गोल गर्दै टिमलाइ सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ११ औँ मिनेटमा इटालीले बराबरी गर्दै आफूलाई लयमा फर्कायो । इटालीका लागि एलेजान्द्रो बास्टोनीले गोल गर्दै बराबरी गरेका थिए ।
त्यसको पाँच मिनेटपछि अर्थात खेलको १६ औँ मिनेटमा निकोलो बरेलाले गोल गरेपछि इटाली २–१ ले अघि बढेको थियो ।

पहिलो हाफमा २(१ ले अघि रहेको इटालीले सोही अग्रता अन्तिमसम्म कायम गर्दै खेल जित्न सफल भयो । इटालीले ३ अङ्क जोड्न सफल भयो ।

युरो कप अन्तर्गत आइतबार पनि तीन वटा खेल हुने छन् । समूह डीको पोल्याण्ड र नेदरल्याण्डले नेपाली समय अनुसार राति पौने ७ बजे खेल्ने छन् । त्यसैगरी समूह सीका स्लोभाकिया र डेनमार्कले पौने १० बजे खेल्दा राति पौने १ बजे यही समूहका सर्विया र इंग्ल्याण्ड भिड्नेछन् ।

२,असार.२०८१,आईतवार ०८:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्