एनजीओ प्रायोजित खाजा अर्डर गरिएपछि गृहमन्त्रीले बहिस्कार गरे राज्य समितिको बैठक

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठक बहिस्कार गरेका छन् । अनावश्यक तडकभडक गरिएकाे भन्दै उनी बैठकमा सहभागी नभई हिँडेकाे स्राेतले बतायाे ।

गृहमन्त्री लामिछानेलाई आज विहान साढे ७ बजे समितिले छलफलका लागी डाकेको थियो । बोलाइएको समयमै लामिछाने बैठकस्थलमा पुगेका थिए । तर आजको बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि गृहमन्त्री भड्किएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार समितिको बैठकमा पहिलोपटक कुनै एनजीओले खाजाको प्रायोजन गरेको थियो । समितिमा गृहमन्त्रीको भनाईलाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो भन्दा अगाडि यसरी एनजीओबाट खाजा ल्याइएको देखिएको थिएन । यो प्रवृति ठीक भएन । ‘

त्यसपछि उनी छलफलमा सहभागी नभई बैठक छोडेर हिँडेका थिए । समितिले आज निजामति सेवा विधयेकका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई निम्याएकाे थियाे ।

२,असार.२०८१,आईतवार ०९:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्