केयूकेएलमा आज त्रिपक्ष आमुन्ने सामुन्ने हुने तयारी, सिइओ पौडेल र राईको कुर्चीको भविष्य निर्धाण

मासिक ३ लाख तलव खाने सिइओका कामदार खान्छन, १५ हजार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पूर्नसंरचनाको अन्तीम तयारी भइरहेको समयमा केयूकेएलका सिइओ अशोककुमार पौडेल स्वर्गीय आन्नदको अनुभुति गरिरहेका छन ।

उनी केयूकेएलको संचालक समितिको बैठक बस्न नसकेकोमा बढी खुसी र आन्नदको अनुभुति गरिरहेको समाचार स्रोतले बताएको छ । उनले उच्च व्यवस्थापनको बैठकमा संचालन समितिको बैठक बस्न नसक्दा आफुलाई केहि फरक नपर्ने अभिव्यक्ति दिइरहेका हुन्छन । उनले काठमाडौं उपत्यका व्यवस्थापन बोर्डले दिने अनुदानको विषयमा पनि मौन र अनविज्ञता प्रकट गर्ने गरेका छन ।

सिइओको मौनताका कारण, केयुकेएलमा शाखा लगायत केयूकेएलका इन्जिनियर प्राविधिकहरुको एक समुह बनेको छ भने, लेखा प्रशासनका कर्मचारीहरुको अर्को समुह देखिएको छ । केयूकेएलमा सक्रिय कर्मचारीहरुका युनियनहरु सिइओ पौडेल र प्रशासन तथा अर्थ विभाग प्रमुख प्रकाशकुमार राईको कार्यशैलि प्रति आक्रोशित भएका छन । उनीहरुले सिइओ पौडेल र राईलाई आज घेराउ गर्दै कार्यशैलि सच्याउन अन्तिम चेतावनी दिने प्रयास गरिरहेका छन ।
राई विरुद्ध युनियनहरु एक भएमा युनियनहरुको एकता फुटाउने प्रयासमा राई लाग्ने संकेत देखिएको छ । राईका विश्वास पात्र एक जना युनियनका नेता भन्छन, राई विरुद्ध युनियनहरु सक्रिय भएर लागेमा तेजेन्द्र कार्की समुहको केशब अधिकारीले नेतृत्व गरेको युनियन र शारदा बोहोराले नेतृत्व गरेको युनियनलाई फुटाउने तयारी स्वरुप बार्ता भइरहेको छ ।

राई पनि भित्रिरुपमा पौडेल विरुद्ध देखिएका छन तर, राईले प्राविधिक कर्मचारीहरुलाई साथ लिएर काम गर्ने छाँट नदेखिएपछि नवलसिंह साउदले नेतृत्व गरेको युनियन र गोपालसिंह धामीले नेतृत्व गरेको युनियन एक ठाउँमा उभिने सम्भावना देखिएको छ ।
राईको सहयोग नपाएको गुनासो गरिरहने उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की यस्तै अवस्था रहिरहेमा साउनको पहिलो हप्ता राजिनामा दिएर घर जाने तयारीमा रहेका छन ।

कार्की केयूकेएलको सिइओ भएपछि केहि युनियनहरु विरुद्ध लागेको आरोप पनि लागेको छ । उनले मन्त्रालयका अधिकारी र संचालक समितिलाई खुसी बनाएर लामो समयसम्म सिइओ भइरहने लोभका कारण उनको निर्देशनमा भएको सवारी चालक र मिटररिडरको ठेक्का विवादमा परेको छ । त्यतिमात्र हैन, कार्कीको निर्देशनमा भएका लिक मर्मत, होलचेन्ज, नयाँ पाइपलाईन, नयाँ पम्म लगायतका चैत्र ४ गते भन्दा अगाडी भएका कामको जिम्मेवारी कार्कीले लिनु पर्ने तर्क सिइओ पौडेलले गरेपछि केयुकेएलमा प्रष्ट व्यवस्थापनका अधिकारीकहरु विभाजीत भएका छन ।

मिटररिडरको अनुगमन गर्ने टिमले बैशाख महिना देखि जेठको आधाभन्दा बढी समयको मिटररिडरको रिर्पोट निरासाजनक भएको दिएपछि राई र कार्की छट्पटाउन थालेका हुन । उनीहरुको जोडबलमा उक्त ठेक्काको काम भएको थियो ।

आर्थिक बर्षको अन्तिम महिना आउदाँसम्म अघिल्लो बर्षमै गरेको कामको रकम भुक्तानी गर्न नसकेपछि केयुकेएलका शाखा प्रमुखहरु अतालिन थालेका छन । पानीको अभाव, लिक मर्मत लगाएत ठेक्काको रकम भुक्तानी हुन नसकेपछि दैनिक पानी उपभोक्ता र ठेकेदारको घेराउमा परेका शाखा प्रमुखहरु निकासको तिब्र खोजिमा हारगुहार गरिरहेका छन ।

मिटररिडर र सवारी चालकलाई ठेकेदारले ज्यालामा ठगि गरेको प्रमाण फेला परेको छ । मिटररिडरलाई १५ हजार ५ समय भन्दा कम ज्याला दिएरको देखिएको छ । २४ हजार भन्दा कम दिन नपाई तर्क गर्ने खरिद प्रमुख दिपेन्द्रबहादुर वली, नवलसिंह साउद, प्रकाशकुमार राई, योगेन्द्रबहादुर बमहरु बेखर जस्तै भएर गुमनाम बसेका छन । ठुलो रकम ठेकेदारसँग लिएर ठेक्का लगाएको पुष्टि उनीहरुलाई दिएको पारिश्रमकिले पनि गरेको छ ।

आज केयूकेएलमा हुने त्रिपक्षीय बैठकले सिइओ पौडेल र विभाग प्रमुख राईको कुर्चीको भविष्य निर्धाण हुने संकेत समेत युनियनहरुले गरेका छन । पौडेल विरुद्ध आक्रोशीत देखिएका कर्मचारीहरु राईले पनि कार्यशैली परिवर्तन गर्नुपर्ने बताइरहेका छन । अव राईलाई धेरै बोक्न नसकिने तर्क उनीहरुको रहेको छ ।

२,असार.२०८१,आईतवार ०९:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्