अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ४० पैसा र बिक्रीदर १३४ रूपैयाँ कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिदद १३३ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९८ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा बढेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आज पाउण्ड एकको खरिदमा १६९ रूपैयाँ ५१ पैसा र बिक्रीदर १७० रूपैयाँ २७ पैसा तोकिएको छ।

शुक्रबार पाउण्ड एकको खरिददर १७० रूपैयाँ ३७ पैसा र बिक्रीदर १७१ रूपैयाँ १४ पैसा कायम गरिएको थियो।

युरोपियन युरो एकको खरिददर आज १४२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४० पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १ रूपैयाँ १९ पैसा घटेको हो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ २८ पैसा र बिक्रीमा ८८ रूपैयाँ ६७ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ र बिक्रीमा ९७ रूपैयाँ ४३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ २७ पैसा र बिक्रीमा २८ रूपैयाँ ३९ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ९२ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५० पैसा तोकिएको छ।

२,असार.२०८१,आईतवार ११:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्