अमेरिकी डलरको भाउ चार दिनदेखि स्थिर, अष्ट्रेलियन डलर र पाउण्डको मूल्य घट्यो

एजेन्सी । मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

शनिबारदेखि एकको खरिददर १३३ रूपैयाँ ४० पैसा र बिक्रीदर १३४ रूपैयाँमा कारोबार भएको अमेरिकी डलर मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

अष्ट्रेलियन डलर र पाउण्ड स्टर्लिङको भाउ भने अघिल्लो दिनको तुलनामा घटेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ ०३ पैसा र बिक्रीमा १६९ रूपैयाँ ७९ पैसा पाइन्छ।

सोमबार १६९ रूपैयाँ २३ पैसा र बिक्रीमा १६९ रूपैयाँ ९९ पैसा तोकिएको थियो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४७ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १८ पैसा घटेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५९ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ०८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २७ पैसा र बिक्रीमा २८ रूपैयाँ ३९ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ८३ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ७८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५२ पैसा तोकिएको छ।

४,असार.२०८१,मंगलवार ११:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्