मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

सोमबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।

सोमबार प्रतितोला १८ सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

४,असार.२०८१,मंगलवार ११:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्