सहकारी ठगी प्रकरण: कार्यविधि तयार भएपछि छलफलमा जुट्यो संसदीय छानबिन समिति

काठमाडौं । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बैठक बसिरहेको छ ।

आइतबार बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग समेत छलफल गरी कार्यविधि तयार पारेको थियो ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको आरोप लगाएपछि एमाले सांसद सूर्य थापाको नेतृत्वमा समिति गठन गरिएको थियो । जेठ १५ मा गठित कार्यदललाई अध्ययन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।

४,असार.२०८१,मंगलवार १४:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्