यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

एजेन्सी । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ १६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७६ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ६८ पैसा र बिक्रीमा १४३ रूपैयाँ ३२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ०७ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ८३ पैसा र बिक्रीमा ९७ रूपैयाँ २७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ २५ पैसा र बिक्रीमा २८ रूपैयाँ ३८ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ०३ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ९८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८६ पैसा तोकिएको छ।

५,असार.२०८१,बुधबार ११:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्