नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य स्थिर रहेको छ।

मंगलबारदेखि सुनको भाउ स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १८ सय ०५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

५,असार.२०८१,बुधबार ११:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्