प्रतिनिधिसभाको बैठक अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको छ।

संसद भवनमा अहिले बैठक जारी छ।

सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक राखेपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ।

आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलपछि ८ मन्त्रीले उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।

५,असार.२०८१,बुधबार १२:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्