केयूकेएलका सिइओ पौडेल र विभागीय प्रमुख राईको जागिर धरापमा, आफ्नै निर्णय आफै धोति लगाउर्दै राई

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का सिइओ अशोककुमार पौडेलको जागिर धरापमा पर्ने भएको छ ।

खानेपानी मन्त्रालयले काठमाडौं उपत्यका भित्रको खानेपानीका संरचनाको विषयमा राखेको बैठकमा केयुकेएलको संरचनाको विषयमा केयूकेएलमा क्रियाशिल टेड्युनियनहरुले संयुक्त धारणा राख्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र आयोजना कार्यन्वयन निर्देशनालयलाई गाभेर एउटै संरचना बनाउनु पर्ने बताएका छन ।

अहिलेको अवस्थामा केयूकेएलको पुर्नसंरचनाको विषयमा एशियाली विकास बैक नेपालका एजेन्ट महेशकुमार भट्टराईको संयोजकत्वमा गठित समितिले खानेपानी मन्त्रालयमा राखेको छलफलमा केयूकेएलमा क्रियाशिल टेड्रयुनियनहरुको तर्फबाट एकिकृत स्वतन्त्र युनियनका अध्यक्ष गोपालसिंह धामीले केयूकेएलको पर्नुसंरचना नभइ एकल संरचनामा जानु पर्ने धारण राखेका हुन ।

उनी केयुकेएल पुर्नसंरचनाको पक्षमा वकालत गर्दै आएका थिए । तर, केयुकेएलको आधिकारीक टेड्र युनियनमा उनीसहितको गठबन्धनले चुनाव हारेपछि धामी केयुकेएलको पुर्नसंरचनाको पक्षलाई छोडेर नवलसिंह साउद पक्षले बोकेको एजेन्डामा आएका हुन ।

चुनावमा साउदसँग गठबन्धनमा रहेको केशव अधिकारीले नेतृत्व गरेको संगठन केयुकेएलको पुर्नसंरचनाको पक्षमा खुलेर नदेखिएपनि उनी एकल संरचनाको पक्षमा धिमे गतिमै छन । तर, गोपालसिंह धामी सहित सारदा बोहोराले नेतृत्व गरेको गठबन्धनमा भने धामी खेलेरै एकल संरचनाको पक्षमा देखिएका छन भने, सारदा बोहोरा डुलमुलमै देखिएकी छिन ।

केशव अधिकारी र सारदा बोहोरा केयुकेएलका सिइओ अशोकुमार पौडेल र विभागीय प्रमुख प्रकाशकुमार राईको भित्रि डिजाइन अन्तरगत केयुकेएलको पुर्नसरचनाको पक्षमा देखिएका छन । पौडेलले मन्त्रालयको छलफलमा राम्रो पोजिसन देखाउन नसकेको आरोप लागेको छ । उनले केयुकेएल पुर्नसंरचना वा एकल संरचना जेमा गएपनि आफुलाई फरक नपर्ने “कु” तर्क पेस गरेको सहभागीहरुले बताएका छन ।

उनी केयुकेएलको सिइओ भएपछि केयूकेएल पुर्नसंरचनाको पक्षमा उभिनु पर्ने थियो तर, वेतुकको तर्कमा अड्किएको खानेपानी मन्त्रालयका सहभागीले सिइओ पौडेलको खिसी गर्दै उनलाई उडाएका थिए ।

केयूकेएल संचालक समिति र सिइओको कार्यसम्पादन सम्झौता अनुसार केयुकेएल एकल संरचनामा गएमा उनको सिइओ पद स्वतः खारेज हुने छ ।
सिइओ पौडेल र विभागीय प्रमुख राईका कारण केयुकेएल एकल संरचनामा जाने बलियो सम्भावना देखिएको छ । केयुकेएलमा सिइओ पौडेल आएपछि मिटररिडर र महशुल अत्यन्तै निरासा जनक देखिएको छ । राई आफ्नो कमजोरी लुकाउन हरसम्भव प्रयास गरिरहेका छन । तर, उनको त्यो प्रयासमा दैनिक प्रश्न उठिरहेको छ । सिइओ पौडेलको निर्णय गर्ने क्षमतामाथि केयुकेएलकै कर्मचारीहरुले समेत र एशियाली विकास बैकका एजेन्टहरुले समेत प्रश्न उठाएका छन । सिइओ पौडेलले आफ्नो क्षमता त देखाउन सकेनन । राईको डुलमुले खेलमा सिइओ लागेको आरोप पनि केयूकेएलका अधिकारीहरुले लगाउने गरेका छन । राईका विषयमा विगतका सिइओहरुले प्रश्न उठाउदै आएका कुराहरुमा तलमेल खाएको छ । उनी सहयोगिको भुमिका भन्दा पनि विग्रहको “बिज” भएको तर्क पूर्व सिइओ मिलनकुमार शाक्य र निवर्तमान सिइओ ज्ञानेन्द्र बहादुर कार्कीको थियो, त्यो तर्कसँग मेल खाने काम राईले गर्नु बिडम्बना कि संयोग ?

त्यसैगरि सिइओ पौडेल र आधिकारी टेड्र युनियनका अध्यक्ष साउद वीचको दुरी निक्कै फराकिलो हुर्दै गएको छ । सिइओ र युनियनहरुको बैठकमा सिइओ पौडेल र साउदवीच झण्डै हातहालाहालको अवस्था आएको थियो । तर, पछि अन्य सहभागिहरुले विषयन्तर गर्नु परेको समाचार स्रोतको दावी छ । अघिपछि विचार एकै किसिमको भएपनि कार्यशिलैमा विमति राख्र्दै आएका साउद र धामीको सिइओ पौडेल र राईको कार्यशिलीका विषयमा एक मत देखिएका छन ।
नेपाली जनताले पटक पटक उठाउदै आएको सवारी चालक र मिटररिडर ठेक्काको विषय गलत भएको सिइओद्धारा गठित समितिले दिएको प्रतिवेदनले समेत पुष्टि गरेको छ । उक्त प्रतिवेदन राईले पटक पटक सच्चाउन खोजेपनि कन्टेन सच्चाउन नसकेपछि राईले सिइओलाई राय दिन सकेका छैनन । यो प्रतिवेदनले ठेक्का लगाउने अधिकारी, ठेक्का लिने ठेकेदार र काम गर्ने कामदारहरुको नैतिकतामा समेत प्रश्न उठाउने काम गरेको छ ।

ठेकेदार कम्पनी र ठेकेदार कम्पनीबाट काममा आएका कामदारहरुको टाउँकोमा व्यवस्थापनको दोष थुपारेर अरु उम्कने प्रयास भइरहेको छ । यहि प्रतिवेदनलाई आधार मान्ने हो भने, ठेकेदारबाट आएका मिटररिडरलाई साउन १ गतेबाट काममा लगाउन सकिने अवस्था छैन ।
राईले अर्को ठुलो गल्ती पनि गर्ने प्रयास गरेका छन । उनको उक्त प्रयासमा सिइओ पौडेलले अंकुश लगाउछन कि गलाउर्दैन हेर्न बाकि छ । सवारी चालकलाई सेवा प्रदायकले अतिरिक्त काम गरेको समयको सेवा सुविधा दिनु पर्ने छ, भन्ने सम्झौतामा लेखिएको भएपनि राई कम्पनीले सवारी चालकलाई अतिरिक्त सुविधा केयूकेएलबाट दिनु पर्नेगरि टिप्पणी उठाएर आफ्नै निर्णयको धज्जी उठाएका छन ।

५,असार.२०८१,बुधबार २१:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्