महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘छानबिन समिति बन्दा पनि राजीनामा नदिएपछि गृहमन्त्रीमा नैतिकताको खडेरी देखियो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमनत्री रवि लामिछानेमा नैतिकताको खडेरी परेको टिप्पणी गरेका छन् । सहकारी प्रकरणमा संसदीय बिशेष छानबिन समिति बन्दा पनि राजीनामा नदिएपछि नैतिकताको प्रश्न उठेको बताए।

महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले नैतिकताको खडेरी परेको छ, नयाँ दल आउँदैगर्दा त हामीलाई प्रश्न गरिनुपर्ने, संसदीय छानविन समिति बन्यो, कुनैबेला समिति बन्दै गर्दा डा. रामशरण महत, जनार्दन शर्माले राजीनामा दिनुभयो। अहिले पनि समिति बनेको छ तर गृहमन्त्रीले राजीनामा दिनुभएन। म राजीनामा माग्न उभिएको छैन।’

उनले कांग्रेसले गृहमन्त्रीको राजीनामा नमाग्ने पनि बताए।

उनले थपे, ‘हामी जान्दछौं नयाँ दलको डिसनेरिमा प्रश्न र आवेग छ के गरौंला भन्ने उर्जा पनि छ। तर, आवेग र आक्रोश भएजस्तै नैतिकता छ कि छैन हामी सोध्न चाहँदैनौं। जसको डिसनेरिमा नैतिकता छ कि छैन भनेर त्यही पार्टीभित्र प्रश्न उठेको छैन। कांग्रेस अगाडि उभिएर राजीनामा दिनुस् भन्दै भन्दैन।’

६,असार.२०८१,बिहीबार १२:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्