आफूले बोल्ने बेलामा सबै मन्त्री र सांसदहरू सदनमा नआएकोप्रति प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा आफूले बोल्ने दिनमा सबै मन्त्री र सांसदहरू बैठकमा नआएकोप्रति असन्तुष्टि जनाएका छन्।

आफ्नो र राष्ट्रपतिको विदेश भ्रमणसँगै सांसदहरूसँग प्रश्नोत्तरपछि प्रधानमन्त्रीले मन्त्री र सत्तापक्षकै सांसदहरू पनि सदनमा नदेखेपछि असन्तुष्टि जनाए।

उनले भने, ‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन गरिमा जे भए पनि प्रधानमन्त्रीले बोल्ने दिनमा सत्तापक्ष र प्रतिपक्ष पनि सबै माननीय र मन्त्रीहरू पनि इमरजेन्सीबाहेक उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो। तर, क्रमशः त्यो पातलिन थालेको छ। यसले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला। यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफू आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ।’

६,असार.२०८१,बिहीबार १४:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्