मादक पदार्थ सेवन गरेर संसदमा आउने सांसदलाई निलम्बन गर्नुपर्छ: जितजंग बस्नेत

काठमाडौ । काठमाडौ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले मादक पदार्थ सेवन गरेर संसदमा आउने सांसदलाई निलम्बन गरिनुपर्ने बताएका छन्।

उनले मापसे गरेर सदनमा आउने सांसदलाई ६ महिना निलम्बन गर्न पनि माग गरेका छन्।

केही दिनअघि प्रतिनिधि सभा बैठकमा मापसे गरेर सांसद आउने गरेको विषय उठेको थियो। आइतबारको राष्ट्रिय सभा बैठकमा उक्त विषयप्रति लक्षित गर्दै उनले मापसे गरेर आउने सांसदलाई छ महिना निलम्बन गरिनुपर्ने बताए।

‘प्रतिनिधि सभामा सांसदले रक्सी खाएर बैठकमा उपस्थित भएको विषय उठेको रहेछ। यदि त्यसो हो भने ६ महिना निलम्बन गरिनुपर्छ,’ उनले भने।

फरक प्रसंगमा उनले संघीय संसद सचिवालयका कर्मचारीले उठाएका माग सम्बोधन गरिनुपर्ने बताए।

९,असार.२०८१,आईतवार १५:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्