जर्मनी र स्विटजरल्याण्ड युरो कपको प्री क्वाटरफाइनल प्रवेश

हेटौँडा । युरो कप २०२४ मा आयोजक जर्मनी र स्विटजरल्याण्डलाई बराबरीमा रोक्दै आयोजक जर्मनी समूह ‘ए’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

खेलमा १-० ले पछि परेको अवस्थालाई खेलको इन्जुरी समयमा बराबरीमा रोक्दै जर्मनी समूह ए को विजेता र स्विजरल्याण्ड उप विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

निकलास फुलक्रुगले इन्जुरी समयको ९२ औँ मिनेटमा गोल गरेपछि जर्मनी र स्विट्जरल्यान्डबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।

खेलमा पहिलो गोल २८ औँ मिनेटमा डान एनडोएले गरेका थिए ।

गए राति नै भएको अर्को खेलमा स्कटल्यान्डलाई हराउँदै हङ्गेरीले उत्कृष्ट ३ नम्बरमा रहेको टोलीको रूपमा प्री क्वाटरमा स्थान बनाउने सम्भावनालाई जीवित राखेको छ ।

१०,असार.२०८१,सोमबार ०७:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्