निष्पक्ष ढंगले भोट हाले ८० प्रतिशत सांसद बजेटको विपक्षमा उभिन्छन् : सांसद खड्का

काठमाडौं । नेपाली कांग्रेसका दीपक खड्काले बजेटमा मतदान भए ८० प्रतिशत सांसदहरूले विपक्षीमा मतदान गर्ने दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार ढल्ने भएकै कारणले मात्रै सांसदहरूले पक्षमा मतदान गर्न लागेको बताए।

उनले भने, ‘बजेटमा सांसदहरूलाई उपेक्षा गरिएको छ, अहिले निष्पक्ष ढंगले सांसदहरूले भोट हाल्ने हो भने ८० प्रतिशत सांसदहरूले भोट हाल्नुहुन्न। भोट नहाल्दा सरकार जाने भएकाले भोट हाल्न खोज्नुभएको छ।’

उनले संसद सचिवालयको कर्मचारीको माग सम्बोधन गर्नको लागि सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे।

१०,असार.२०८१,सोमबार १३:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्