आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर गरी खेलबाड गरिएको छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर गरी खेलबाड गरिएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैंठकमा बोल्दै पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक विधेयकमाफर्त आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर गरिएको बताए ।

आयकर ऐनले कुनै पनि कम्पनीको शेयर खरिदबिक्री नगरी पूँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्नसक्ने व्यवस्था गरेको कुरा प्रविधिसँग रिलेटेड भनेर बजेट वक्तव्यमा उल्लेख गरिएको तर आर्थिक विधेयकमा उल्लेख नगरीएको डा. महतको भनाइ छ । नयाँ आयकर नलाग्ने र पूँजीगत कर नलाग्ने व्यवस्था गम्भीर विषय रहेको डा. महतको ठहर छ ।

आर्थिक विद्येयकको कुरा गर्दा आयकर ऐनको दफा ५७ मा गम्भीर हेरफेर गरिएको छ । यसमा मेरो गम्भीर ध्यान गएको छ । यस विषयलाई मैले उठाउँदै आएको छु ।

यो व्यवस्थाले के गर्यो भन्दा शेयर खरिदबिक्री नगरी पूँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्नसक्ने व्यवस्था यस ऐनले गर्यो । यद्यपि यो प्रविधिसङ रिलेटेड भनेर बजेट वक्तव्यमा आयो । तर, आर्थिक विधेयकमा त्यो उल्लेख छैन ।

भनेपछि सबै खालका कम्पनीहरुमा यो लागु हुने भयो । यो गम्भीर विषय हो । जसरी हामीले एनसेलको विषयलाई राष्ट्रिय बहसको विषय बनायौँ । त्यसलाई उदाहरण दिने हो भने, एनसेल होस या अन्य विभिन्न कम्पनीहरू हुन । अब किनबेच नै गर्नुपर्ने भयो । तपाइले चुक्ता पुँजीका सेयर होल्डरको स्वामित्व कायम गरेर बाकि सेयर किनेर किनबेच गर्दा कुनै कर नलाग्ने भयो ।

हामीले त्यतिबेला एनसेलसँग टेली सोनिरीया एक्जीयटासँग १४४ अर्बमा किनबेच गर्दा पुँजिगत कर, ब्याज र जरिवानासहति गर्दा ४५ अर्ब हामीले प्राप्त गरेका थियौं । अब यो किनमेलको झमेलै नपर्ने भयो । १० करोडको चुक्ता पूँजी कायम गरिदिनुस् बाँकी जति किनबेच गर्नुहुन्छ । त्यसमा मेज्युरेटी शेयर होल्डर यसै हुने भयो ।

र अब तपाईले कुनै कर तिर्न नपर्ने व्यवस्था यसले गर्यो । यो भनेको गम्भीर खेलबाड भएको छ । यसले करको वेसलाई इरोड गरेको छ । यो नियोजित किसिमबाट प्रस्तावित गरिएको छ भन्ने मेरो ठहर छ ।

यसले कर बढाउने, राजस्व बढाउने लक्ष्य सरकारले राखेको छ । त्यसलाई समाप्त गर्छ । यसका साथै किनबेच गर्दा आयकर नै नलाग्ने, पुँजीगत कर नलाग्ने जुन व्यवस्था यसले गर्यो यो गम्भीर विषय हो । यसलाई गम्भीरताका साथ लिन अनुरोध गर्दछु ।

११,असार.२०८१,मंगलवार १६:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्