नेपाल खानेपानी संस्थानको कोलपाटन र झुम्साको भ्रष्टाचारमा प्रसादद्धय, महर्जनद्धय र थापालाई कारवाहि हुने ठहर ?

काठमाडौं । नेपाल खानेपानी संस्थानले पोखरा खानेपानी आयोजनाले कोलपाटनमा निर्माण गरेको ओभरहेड टंकीको विषयमा तत्कालीन आयोजना प्रमुख, नेपाल खानेपानी संस्थानका तत्कालीन महाप्रबन्धक लगायतलाई महालेखा परिक्षको कार्यालयले जवाफदेहि ठहर गरेको छ ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यन्वयन इकाईले संस्थानलाई दिएको लिखित निर्देशन र सुझावको इन्कार गरि तोकिएको मापदण्डभन्दा बाहिर गएर काम गर्ने तत्कालीन आयोजना प्रमुख इश्वर प्रसाद, नेपाल खानेपानी संस्थानका तत्कालीन महाप्रबन्धक भुपेन्द्र प्रसाद, आयोजनाका इन्जिनियर बुद्धरत्न महर्जन, निरन महर्जन र कानूनी राय लेख्ने कमल थापाको समेत सहभागीता देखिएको नेपाल खानेपानी संस्थानले समय समयमा गरेका पत्रचारले पनि पुष्टि गरेको छ ।

नेपाल खानेपानी संस्थानलाई करोडौ रुपयाँको घाटा पुर्याउने प्रसादद्धय महर्जनद्धय र थापालाई कारवाहि गर्नु पर्ने आबाज उठ्न थालेको छ । यहि विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गहिरीएर अनुसन्धान गरिरहेको आयोग स्रोतले दावी गरेको छ ।

पोखराको कोलपाटनको ओभरहेड टंकी र बुटवलको भुम्साको पुलमा समेत माथि उल्लेखित अधिकारीहरुले अनियमितता गरि अकुत धन आर्जन गरेको प्रयाप्त प्रमाण र आधारसहित केहि समय पछि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गर्ने तयारी गरिरहेको समाचार स्रोतले दावी गरेको छ ।

यहि विषयमा खानेपानी मन्त्रालयका सचिव सुरेश आर्चायसहितको टोलिले आज खानेपानी संस्थानमा छलफल समेत गरेको समाचार स्रोतले दावी गरेको छ । नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धकले पोखराको टंकी र बुटवलको झुम्साको पुलका दोषिहरुलाई कारवाहि चलाउन सम्बन्धीत निकायलाई पत्रचार गर्ने सहमति आजको बैठकले गरेको समाचार स्रोतले दावी गरेको छ ।

कोलपाटनको ओभरहेड टंकी सम्बन्धीत कागजातहरु

१६,असार.२०८१,आईतवार २१:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्