मानसिक स्वास्थ्यमा रोटरी अभियान

किशोर उप्रेती


(1) रोटरी ईन्टरनेशनलः

रोटरी ईन्टरनेशनलले रोटरी वर्ष २०२३-२४ मा मानिसहरुलाई मानसिक स्‍वास्थ्यको महत्व बुझाउन र जानकारी फैलाउन
केन्द्रीत गर्ने निर्णय गर्यो । Rotary International President Rtn. Gordon- R. McNally ले यस अभियानलाई
केन्द्रमा राखेर काम गर्न संसारभरको रोटेरियनहरुलाई आव्हान गर्नु भएको थियो । मानसिक स्‍वास्थ्यको समस्या अहिलेको
मुख्य चुनौती भएकोले समुदायमा जनचेतना जगाउने र स्वास्थ्य सेवाहरुको पहुँच बढाउने यस अभियानको लक्ष्य रहेको
थियो । यस अभियानको मुख्‍य उद्देश्य मानसिक स्‍वास्थ्य सम्बन्धी पुर्वाग्रह हटाउने, मानसिक रोगहरुसँग बच्ने उपायहरु
सिकाउने र आवश्यक सहयोग उपलब्ध गराउने थियो । यो अभियान अन्तर्गत विभिन्न कार्यशाला, गोष्ठी र प्रशिक्षण
कार्यक्रमहरु आयोजना गरिएको थियो। मानसिक स्वास्थ्य विषेशज्ञहरुद्वारा परामर्श सेवा गरी खुल्ला रुपमा विद्यालय,
कलेज, कार्यस्थलमा, Virtual World आदीमा छलफल गरियो । अभियानले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर
मानसिक रोगहरुको रोकथाम, पहिचान र उपचार मा जोड दिएको थियो । यो अभियानको सफलताको लागि रोटरी
ईन्टरनेशनलले मानसिक स्‍वास्थ्यमा सुधार ल्याउन विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेको थियो । मानिसहरुको
जीवनमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भुमिका हुने यो अभियानको लक्ष्य रहेको थियो ।

पुरा विवरण पिडिएफमा हेर्नु होला ?




१७,असार.२०८१,सोमबार ११:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्