चन्द्रागिरिमा किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका-१२ मा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई राति पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई विगत १०/१२ दिनदेखि बन्धक बनाइए बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरी प्रभाग बलम्बुको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मगरविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ।

२०,असार.२०८१,बिहीबार १३:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्