नेपाल खानेपानी सस्थान भ्रष्टाचार र गल्फ्रेण्डकाण्डले थिलथिलो, मन्त्रालय मुखदर्शक

काठमाडौं । नेपाल खानेपानी संस्थानका एक जना जुनियर अफिसरले संस्थानमा कमाएको पैसा रायमाझि थरका ससुरालीको घरको कोठामा ताला लगाएर राखेको समाचार छ ।

उक्त समाचारको स्वतन्त्ररुपमा भने पुष्टि हुन सकेको छैन । त्यसैगरि संस्थानका एक महर्जन थरका इन्जिनियर, श्रेष्ठ थरका अधिकृत र थापा थरका कर्मचारीहरुले आफु मातहतका महिला कर्मचारीलाई यौन ह्यारेसमेन्ट गरेको समाचार पनि छ । उक्त समाचारको विषयमा नेपाली जनताको टिमले गहिरीएर खोजि गरिरहेको छ । महिला कर्मचारीका श्रीमान संस्थानकै एक जना कर्मचारीको नाम लिएर खानेपानी मन्त्रालयससम्म पुगेको खानेपानी मन्त्रालयले पुष्टि गरेको छ । महिला र ती कर्मचारीको परिवारीक गोपनियता कारण विवरण गोप्य राखिएको छ ।

संस्थानका उच्चतहका कर्मचारीहरुले कर्मचारी गल्फ्रेण्ड लिएर शाखा शाखामा अनुगमन गर्न जाने गरेको समाचार पनि नेपाली जनतालाई प्राप्त भएको छ ।
पोखराको कोलपाटनको ओभरहेड पानी टंकी र बुटवलको झुम्सा पुलको विषयमा नेपाली जनताले गहिरिएर रिर्पोटिङ गरिरहेको छ । उक्त रिर्पोटिङ केहि दिनपछि पाठकहरुका लागि पस्कने नै छौं ।

२०,असार.२०८१,बिहीबार २०:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्