ज्ञानेन्द्र शाहीको चुनौती, जीवी राईलाई पक्राउ गर्नुस् गृहमन्त्री ज्यू, संसदमै फूलमालाले स्वागत गर्छौ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेलाई जिबी राईलाई पक्राउ गरेर ल्याउन चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकको विशेष समयमा उनले गृहमन्त्री लामिछानेले जीवी राई पक्राउ गरेर ल्याए संसदमै फूलमाला हालेर सम्मान गर्ने बताए ।

उनले भने, ‘अचम्म लाग्छ, कहिलेकाहीँ सुन्दाखेरि । पुरानाले त गरे, गरे, नयाँ आएका साथीहरूले गरेको देख्दा पनि अचम्म लाग्छ । हामीलाई किन जिताएको जनताले ? गाउँमा स्याल पस्यो भनेर हुइई ओहोई गर्नलाई गरेको होइन । यी पुराना दलले ३३ वर्षदेखि देशलाई लुटे, यिनीहरूका विरुद्ध सडक र सदनबाट खडा हुनुपर्छ भनेर जनताले जनमत दिएर पठाएका हुन् । पद र प्रतिष्ठाका लागि होइन । सम्माननीय सभामुख महोदय, मलाई बढी केहि माग्नु छैन मेरा गृहमन्त्री ज्यूबाट । जीवी राई पक्राउ गरेर ल्याउनुस्, यसै संसदमा हामी फूलमालाले स्वागत गर्छौ । अरू केहि पनि गर्नु पर्दैन । अबको ७२ घण्टामा बलात्कारपछि भएको निर्मला हत्याकाण्ड पत्ता लगाउँछु भन्नुभयो, हामी सबैले पत्याएर, नेपालका सबै जनताले पत्याएर उहाँलाई भोट हालेको हो । आज सरकारमा गएको १२४ दिन भयो, देशको गृहमन्त्री हुनुहुन्छ । सत्ता उहाँकै हातमा छ र सरकार उहाँकै हातमा छ । आज के भयो ?’

२३,असार.२०८१,आईतवार १४:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्