परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग अमेरिकी राजदूत डिन आर थम्पसनले आज गरे शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उहाँहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

४,श्रावण.२०८१,शुक्रबार १४:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्