रास्वपाको संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ ।

आज बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । सोही बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सोही बैठकमा कसरी प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुनेछ ।

रास्वपाले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मन नदिने निर्णय गरिसकेको छ ।

६,श्रावण.२०८१,आईतवार ०८:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्