इन्टरनेट सेवा बन्द भएपछि बंगलादेशको मुलधारको अखबार डेली स्टार डाउन

एजेन्सी । बंगलादेशको मुलधारको अंग्रेजी भाषाको अखबार डेली स्टार डाउन भएको छ । गत हप्ताबाट बंगलादेशमा सरकारले इन्टरनेट सेवा बन्द गरेपछि यस्तो देखिएको हो ।

बंगलादेशमा विद्यर्थाी आन्दोलन चर्किएसँगै इन्टरनेट सेवा बन्द तथा कर्फ्यू जारी भएको थियो । यसको सिधा असर डेली स्टारमा पनि देखिइएको छ । इन्टरनेट सेवा बन्द भएकोले डेली स्टार बन्द भएको फ्रान्सेली अखबार ला मोन्देले उल्लेख गरेको छ ।

बंगलादेशकै अंग्रेजी अखबार बंगलादेश टूडे लगायतका अरु अखबार भने डाउन भएका छैनन् । अरु अखबार डाउन नहुने तर डेली स्टार डाउन हुनुले कतै ह्याकिङ त भएको होइन भन्ने आशंका पनि सामाजिक संजालमा व्यक्त गरिएको छ ।

६,श्रावण.२०८१,आईतवार १६:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्