काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

विपद व्यवस्थापनको गुरुयोजना बनाउन माग गर्दै, सांसद डा. तोसिमा कार्कीले पेश गरिन् जरुरी महत्वको प्रस्ताव

3.61K
shares
khanepani bord

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विपद व्यवस्थापनको बृहत गुरुयोजना बनाउन र स्वास्थ्य जोखिमको पूर्वतयारीको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी छन् ।

विपद रोकथाम, विपद जोखिम न्युनिकरणका साथै विपदपछिको पुनर्स्थापना तथा व्यवस्थापनसँग सम्बन्धित बृहत गुरुयोजना बनाउनका साथै मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको पूर्वतयारी गर्न उनले माग गरेकी छन् ।

त्यस्तै विपद व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति, र्‍यापिड रेस्क्यु टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी नागरिकलाई सुसूचित गर्न आवश्यक रहेकाले यो प्रस्ताव पेश गरेको सांसद कार्कीले बताएकी छन् ।

उनको प्रस्तावको समर्थकमा रास्वपा सांसदहरु सन्तोष परियार, गणेश पराजुली र असिम शाह रहेका छन् ।

IME
khanepani