बागमतीमा कांग्रेसका तीन मन्त्रीले लिए शपथ, मन्त्रालय पछि तोकिने

हेटौंडा । बागमती प्रदेशमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी तीनजना मन्त्रीले शपथग्रहण गरेका छन् ।

कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन् ।

उनीहरूको विभाग कांग्रेसका अन्य मन्त्रीहरूको छनोटपछि तोकिने बताइएको छ ।

आजै मुख्यमन्त्री बहादुर सिंह लामासहित एमालेका ६ जना मन्त्रीहरूले पनि शपथ लिएका थिए ।

९,श्रावण.२०८१,बुधबार १६:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्