साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

११,श्रावण.२०८१,शुक्रबार ११:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्