नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बस्दै, यी एजेण्डामा छलफल हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बैठक बस्ने सचिव गणेश साहले बताए ।

पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएपनि १ बजेबाट बैठक बस्न लागेको उनले बताए ।

बैठकमा पछिल्ला समसायिमक राजनीतिक घटनाक्रम, प्रतिपक्षमा अबको रणनीतिलगायतको बिषयमा छलफल हुने उनले बताए । अब जनताको एजेण्डा उठाउँदै संगठन निर्माणमा लाग्ने माओवादी नेताहरूले बताइरहेका छन् ।

आजको बैठकमा स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक डाक्नेबारे पनि छलफल हुने उनले बताए ।

११,श्रावण.२०८१,शुक्रबार ११:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्