विश्वप्रकाशको जिकिर, फाइल खोलेको आधारमा सरकार ढालेको आरोप निराधार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गृहमन्त्रालयले विभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री रवि लामिछानले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको जिकिर गरे ।

लामिछाने गृहमन्त्री हुँदा हल्लामात्रै गरिएको भन्दै त्यसबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्धको फाइल खोलिएको र त्यो पनि निराधार पुष्टि भएको बताए । शर्माले विभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी-इस्टेट प्रकरणमा पनि छानबिन हुनुपर्ने र त्यसमा मुछिएकालाई छुट दिन नहुने उनको भनाइ थियो ।

१३,श्रावण.२०८१,आईतवार १६:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्