नेपाली बजारमा बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आइतबार चाँदी प्रतितोला एक हजार सात सय ४० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

१४,श्रावण.२०८१,सोमबार ११:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्