ओखलढुंगाको लिखुका कालोपुलमा बस्ने युवक मृत भेटिए, श्रीमतीसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौंको कालोपुलमा एक युवक मृत भेटिएका छन् । कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत दर्जी मृत भेटिएका हुन् ।

उनको स्थायी ठेगाना ओखलढुंगाको लिखु गाउँपालिका–९ रहेको प्रहरीले जनाएको छ । दर्जीको हत्या भएको हुनसक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पक्राउ पर्नेहरुमा मृतक महतका श्रीमती ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा सार्की र सोही ठाउँका २७ वर्षीय मदन रम्तेल छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा महतको हत्या भएको खुलेको छ । धारिलो हतियार प्रहार गरी हत्या गरेर झुण्ड्याएको अवस्थामा शव भेटिएको एसपी अधिकारीले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

आइतबार बिहान सवा १० बजेतिर महतको शव भेटिएको थियो । उनीहरु विगत १ महिनादेखि उक्त कोठामा बस्दै आएका थिए ।

२०,श्रावण.२०८१,आईतवार १८:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्