नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बसिरहेको छ । बैठक बिहान नौ बजेदेखि पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ ।

आगामी २३ गते बस्ने केन्द्रीय समिति बैठकको पूर्वतयारीका विषयमा सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बैठकमा बोलाएका हुन् ।

बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने प्रस्तावबारे छलफल भइरहेको सभापति देउवाको सचिवालयले जनाएको छ ।

२१,श्रावण.२०८१,सोमबार ०९:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्