काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेलको नेतृत्वको व्यवस्थापकहरुको टिमले केयूकेएललाई दैनिक रसातलमा धसाउने काम गर्दै आएका छन ।
उनीहरु कुनै पनि ठेक्का सम्बन्धीत कागजपत्रहरु राम्रोसँग अध्यायन गर्दैनन । उनीहरु पैसा आउने काम भएपछि आँखामा पट्टि बाधेरै हस्ताक्षर धस्काउँछन भन्ने प्रमाण हो केयुकेएलले ठेक्कामा लगाएर लिएका जनशक्ति लिने दिने सम्झौताको विवरण । उनीहरुले परिभाषामै ठूलो गल्ती गरेका छन । उनीहरुले सम्झौताको परिभाषामा “कामदार” भन्नाले कार्य विवरण तथा कार्यक्षेत्रगत शर्त बमोजिम सम्पादन गर्नु पर्ने कामको लागि दोस्रो पक्षले खटाएको “शुरक्षाकर्मी” सम्झनु पर्छ भन्ने उल्लेख गरेर गम्भीर गल्ती गरेको देखिएको छ । यो मिरटररिडर र सवारी चालक दुवैमा यस्तो गल्ती देखिएको छ । यसमा विभागका अजासू अर्थ तथा प्रशासन विभाग प्रमुख प्रकाशकुमार राई र खरिदका दिपेन्द्रबहादुर ओलीले हस्ताक्षर गरेका छन ।
अर्को सम्झौतामा “सेवाप्रदायकले सार्वजनिक विदाको दिन काम गर्ने तथा आठ घण्टा भन्दाबढी काम गर्ने सवारी चालकलाई ओभरटाइम उपलब्ध गराउनु पर्ने छ” भनेर हस्ताक्षर गर्ने हरिलठ्ठकहरुले सवारी चालकलाई ६० घण्टा ओभरटाइमको सेवा सूविधा केयूकेएलको कोषबाट खुवाएका छन ।
केयुकेएलमा ज्ञानेन्द्रबहादुर कार्की इथिक नभएका स्वाँठ हुन भने प्रकाशकुमार राई पापको भारी हो भन्दा अर्को अर्थ लाग्दैन । योगेन्द्रबहादुर वम त दाम भन्दा अन्त आँखा पनि लगाउदैनन । उनका काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डदेखि हालसम्मका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कागजपत्रकै आधारमा पनि केयुकेएलको जागिरका लागि योग्य व्यक्ति होइनन ।
झन अहिले केयुकेएलको सिइओ अशोककुमार पौडेलको विषयमा कुनै विशेषण नै छैन । उनी कुनै पनि हालतमा केयूकेएलका लागि योग्य व्यक्ति होइनन । उनी वज्रस्वाँठ, दुई पैसाको ज्ञान नभएको लुटेरा भन्दा पनि उनलाई कम नै हुन्छ । उनीलाई केयुकेएलका एक्ला … हुन भन्दा पनि हुन्छ ।
प्रतिक्रिया दिनुहोस्