अमेरिकी डलरको भाउ फेरि हालसम्मकै उच्च विन्दुमा, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। मंगलबार डलर हालसम्मकै महँगो भएको छ।

मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४६ पैसा तोकिएको छ।

यो मूल्य हालसम्मकै उच्च हो।

यस अघि गत आइतबार डलरको भाउ १३४ रूपैयाँ ३१ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा आजको मूल्य १५ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४६ रूपैयाँ ५६ पैसा र बिक्रीमा १४७ रूपैयाँ २१ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रूपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रूपैयाँ ३९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रूपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ९६ रूपैयाँ ९८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७० पैसा र बिक्रीमा ३६ रूपैयाँ ८७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ २५ पैसा र बिक्रीमा ३० रूपैयाँ ३९ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३५ पैसा र बिक्रीमा ४४० रूपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ७१ पैसा तोकिएको छ।

२२,श्रावण.२०८१,मंगलवार १२:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्