शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, अष्ट्रेलियन डलर र रियाल?

एजेन्सी । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९५ पैसा पाइन्छ।

यस्तै, युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ ४८ पैसा र बिक्रीमा १४७ रूपैयाँ १४ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ८५ पैसा र बिक्रीमा ८८ रूपैयाँ २४ पैसा तोकिएको छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रूपैयाँ १७ पैसा र बिक्रीदर १७० रूपैयाँ ९३ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३० रूपैयाँ ०९ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ १९ पैसा र बिक्रीमा ४४० रूपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २२ पैसा तोकिएको छ।

२५,श्रावण.२०८१,शुक्रबार ११:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्